525 |
भदौ १६ धनगढी। धनगढीस्थीत नवजीवन अस्पताल प्रालीका वरिष्ठ चिकित्सक तथा मेडिकल डाइरेक्टर डाक्टर बिदुरमणि ढकाल राष्ट्रिय स्वास्थ्य सेवा सम्मानबाट अभिनन्दित भएका छन् ।
नवजीवन अस्पतालका वरिष्ठ चिकित्सक तथा मेडिकल डाइरेक्टर डा.बिदुरमणि ढकाल बिपी कोइराला राष्ट्रिय स्वास्थ्य सेवा सम्मानबाट अभिनन्दित भएका छन्।१७ औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा शनिबार कैलाली जनपुस्तकालय धनगढीले डाक्टर ढकाललाई सो सम्मान प्रदान गरिएको हो।
डा. ढकाललाई प्रमुख अतिथि प्रदेश प्रमुख माननीय नजिर मियाँ र सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठानका उपकुलपति तथा कैलाली जनपुस्तकालयका अध्यक्ष डा.जोशीले टिका, माला, दोसल्ला र अभिनन्दनपत्रबाट सम्मानित गरेका हुन्। सो अवसरमा अध्यक्ष जोशीले डा. ढकालले लामो समयदेखि सुदूरपश्चिममा रहेर स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याउनुका साथै समाजसेवाको रूपमा समेत योगदान पुर्याएकोले उहाँलाई सो सम्मान प्रदान गरिएको बताए।
समारोहमा बोल्दै सम्मानित ब्यक्तित्व डा.ढकालले सम्मानले आफूलाई काम गर्न अझ उत्प्रेरित गरेको बताउदै सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रको विकास र सम्बर्द्धनका लागि आफूले सक्दो योगदान गरिरहने बताएका छन्। डा.ढकाल बिगत १५ वर्षदेखि सुपमा वरिष्ठ हाड जोर्नी तथा नसा रोग विशेषज्ञको रूपमा कार्यरत छन् । यस्तै डा. बिदुरमणि ढकाल धनगढीस्थीत नवजीवन अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका छन् ।