अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

492 

काठमाडौं,कात्तिक २१। अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् ।

सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने जो डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।त्यसपछि पुनस् यसवर्षको चुनावमा उम्मेदवारी दिएका ट्रम्पले डेमोक्र्याट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् ।

१० इलेक्टोरल भोट भएको विस्कन्सिन र ३ इलेक्टोरल भोट भएको अलस्कामा रिपब्लिकनको जित पक्का भएको छ । योसँगै राष्ट्रपतिमा ट्रम्पको इलेक्टोरल भोट २७९ पुगेको छ ।जबकि राष्ट्रपति निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट भए पुग्छ ।कमला ह्यारिसले दुई सय २३ मत ल्याएकी छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन कुल पाँच सय ३८ मतमध्ये कम्तीमा दुई सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ । यसअघि डोनाल्ड ट्रम्प सन् २०१६ मा पनि अमेरिकी राष्ट्रपति पदमा विजयी भएका थिए । सन् २०२० मा भने उनी जो बाइडेनसँग पराजित भएका थिए 

प्रतिक्रिया दिनुहोस