231 |
धनगढी,कात्तिक २१ । नरेश श्रेष्ठ मेमोरियल यू–१९ ओडीआई क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो । अघिल्लो सिजनमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई नै पराजित गरेर उपाधि जितेको थियो ।
१२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३.।१ ओभरमा ११९ रनमा अलआउट भयो । लुम्बिनीका कप्तान आकाश त्रिपाठीले २२, शिव कुँवरले २०, विजय कोहरले १९, समीर अली मुसलमानले १८, सन्तोष यादवले १२ रन बनाए। सुदूरपश्चिमका कप्तान हेमन्त धामीले ४,सचिन भट्ट र नरेन राउदले दुई/दुई र अशोक धामीले एक विकेट लिए।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका अभिशेक थापाले २९,नरेन भट्टले २७, नरेन साउदले १५, राजेश ऐरले १४, दीपक रोकायले ११, अशोक धामीले ८, हेमन्त धामीले ६ रन बनाएका थिए। लुम्बिनीका सन्तोष यादबले ५,रमेश कुर्मीले ३ र शिव कुँवरले एक विकेट लिए।