सुदूरपश्चिमका ९ ओटै जिल्लामा रास्वपाले टुङ्ग्यायो पार्टी अध्यक्ष

537 

धनगढी,पुस १२। सुदूरपश्चिम प्रदेशका ९ ओटै जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिल्ला समितिहरू गठन गरेको छ। विभिन्न मितिमा आयोजित रास्वपाको जिल्ला भेलाबाट चयन भएका जिल्ला सभापतिहरूको नेतृत्वमा जिल्ला समिति गठन भएको हो।

कैलालीको जिल्ला अध्यक्षमा महेशकुमार चौधरी चयन भएका छन्। त्यस्तै, कञ्चनपुरको अध्यक्षमा पदमबहादुर विष्ट, दार्चुलामा गोपालसिंह कोट्टारी, बाजुरामा नवराज जैशी, अछाममा आमेप्रकाश रावल, बझाङमा सत्यराज उपाध्याय, डोटीमा केशव बलायर, डडेल्धुरामा सुरेन्द्र अवस्थी र बैतडीको अध्यक्षमा भीम नाथ चयन भएका छन्। अध्यक्षहरूसँगै जिल्ला समिति पनि गठन गरिएको छ। रास्वपाले पछिल्लो समय संगठन विस्तारका क्रममा जिल्ला सम्मेलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस