642 |
धनगढी,पुस १३। कैलालीको धनगढीमा गाडीको ठक्करबाट एक महिला घाइते भएकी छिन्। शुक्रबार धनगढी उपमहानगरपालिका–७ क्याम्पस चोकमा बा २ झ १५४० नम्बरको गाडीले ठक्कर दिँदा पैदल यात्री महिला घाइते भएकी हुन्।
गाडीको ठक्करबाट घाइते ६५ वर्षीया ती महिलाको संजीवनी अस्पताल धनगढीमा उपचार भइरहेको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ।