288 |
कैलाली,पुष १३। कैलाली र कञ्चनपुरको विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरिएका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–९ बङग्राकटान, भजनी नगरपालिका–३ काँडा पुल नजिक, टीकापुर नगरपालिका–९ बालुवाटार र जोशीपुर गाउँपालिका–३ लक्कडबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ९८ हजार ५ सय बराबरको सामान नियन्त्रणमा लिइएको हो।
भन्सार छलीका प्याज, चिनी, सरप, बिडी, सुर्ती, मोजा, पाल, बिषादी, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले शुक्रवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। यस्तै उता कञ्चनपुरमा १ लाख मुल्यको अबैध सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ४ हजार ९६० बराबरको सामान बरामद गरिएको हो। उक्त मूल्य बराबरको चिनी, मिश्री, मटर, खाने तेल, किराना, हाडवेयर लगायतका सामान इलाका प्रहरी कार्यालय गड्डाचौकी र सशस्त्र प्रहरी बल नेपाल प्रस्ताविक सिमा सुरक्षा गुल्म गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको छ।