423 |
काठमाडौं,पुस १८। गृह मन्त्रालयले नेपाल प्रहरीका दुईजना प्रहरी नायब महानिरीक्षक(डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरिएको छ।
मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले डीआईजी कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।कडायत प्रहरी प्रधान कार्यालयमा कार्यरत् थिए भने केसी प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत् थिए।
सुदूरपश्चिमको अछाम घर भएका कडायत हाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, नक्साल, काठमाडौंमा कार्यरत छन् भने केसी नेपाल प्रहरी प्रधान कार्यालय,अन्तर्राष्ट्रिय योजना तथा विकास निर्देशनालय,नक्साल,काठमाडौंमा कार्यरत छन्। एआईजीमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।हेर्नुहोस् बढुवा समितिको पत्र