339 |
कैलाली,पुस १८। कान्तिपुर डेन्टल होम धनगढी र लक्ष्मी सनराइज बैङ्क बिच दन्त उपचारमा छुट दिने सहमति भएको छ।
कान्तिपुर डेन्टल होमले सुदूरपश्चिम प्रदेशमा रहेका लक्ष्मी सनराइज बैङ्कका सम्पूर्ण कर्मचारी तथा सेवाग्राहीलाई विभिन्न सेवामा १० देखि १५ प्रतिशतसम्म उपचारमा छुट दिने भएको छ।
कान्तिपुर डेन्टलको तर्फबाट प्रबन्ध निर्देशक डा.रितराज खड्का तथा कर्मचारी र बैङ्कको तर्फबाट क्षेत्रीय संचालक अधिकृत सुरेश भट्ट र धनगढी शाखा प्रबन्धक राजसिंह पुजाराले सम्झौता अनुसार सहकार्य हुने बताएका छन्।उनीहरु बिच एक वर्षसम्मको लागि सम्झौता भएको हो। बैङ्किङ क्षेत्रमा लक्ष्मी सनराइज बैङ्कले राम्रो सेवा दिइरहेको छ। भने दत्त उपचारमा कान्तिपुर डेन्टलले गुणस्तरीय सेवा दिइरहेको छ।