366 |
धनगढी, पुष १८। धनगढी स्थित शिवनगरमा रहेको चैतन्य पाठशालाले शैक्षिक जागरण आभियानको थालनी गरेको छ।
शिक्षा र संस्कारको सङ्गम,वेद र विज्ञानको संयोजन र प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशाला भन्ने मूल नारा बोकेर अगाडि बढेको चैतन्य पाठशालाले शैक्षिक क्षेत्रमा नवीन प्रयास तथा शौक्षिक जागरणको अभियान शुरू गरेको हो।
दूर दराजका स्थानमा रहेका आधारभूत आवस्यकताबाट वञ्चित रहेका,आर्थिक विपन्नताबाट गुज्रिरहेका र शैक्षिक क्षेत्रमा चाहेर पनि अगाडि बढ्न नसेकेका ठाउँमा गएर सक्दो सहयोग गरी पाठशालाले शैक्षिक जागरण अभियानको यात्रा शुरु गरीएको हो। चैतन्य पाठशाला र चैतन्य एकेडेमीले शैक्षिक जागरण अभियानको यात्रा गर्दै आएको छ।
विगतका वर्षझैं यस वर्ष पनि सहयोगार्थ स्वरुप यही पुष १४ गते जुगेडामा रहेको नवदुर्गा आधारभुत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई १२० थान न्यानो लुगा वितरण गरेको थियो। भने,यसैगरी श्री दर्जा कोट मा।वि धिर्कामाण्डौँ,डोटीको विद्यालयलाई एक थान ल्यापटपसहित ३०० थान न्यानो लुगा र पुस्तकालयका लागि पुस्तकहरू पनि उपलब्ध गराएको कुरा पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशी बताए ।
डोटीको बोगटान फुडसिल गा.पा. १ सिमचौर स्थित सिमचौर मा.वि. का विद्यार्थीहरुलाई १८६ थान न्यानो लुगा विवरण गरि उप्रेरणात्मक कार्यक्रम पनि सञ्चालन गरिएको छ। कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले शिक्षासँगै संस्कार पनि आजको समाजको आवश्यकता हो। र विद्यालय प्रशासन,अभिभावक,नागरिक समाज,स्थानीय सरकार शिक्षक र विद्यार्थीसंगको साझेदारीले शैक्षिक क्षेत्रमा नवपर्वतन ल्याउन सकिन्छ भन्ने कुरा उक्त कार्यक्रमका बिच बताउनुभएको थियो।
चैतन्यको शैक्षिक जागरण अभियानमा पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशी, अभिभावक शिक्षक संघका अध्यक्ष ईश्वर गिरी र चैतन्य पाठशालामा ब्राण्ड एम्बास्टरको रुपमा कार्यरत साईकल यात्री भरत विक्रम शाहको उपस्तिथि रहेका थिए।चैतन्यको शैक्षिक जागरणवाट प्रेरणा मिलेको अनुभुति भएको सहभागि नागरिक समाजले व्यक्त गरेको छन। यस्ता खालका कार्यक्रमवाट समाजमा सकारात्मक मनोविज्ञानको विकास भएको स्थानीयहरूको भनाइ छ।