381 |
धनगढी,पुस १८। नेपाल पत्रकार महासंघ कैलाली शाखाले जिल्लाका क्रियाशील पत्रकारको स्वास्थ्य बीमा गर्ने भएको छ।
बिहीवार बसेको महासंघ जिल्ला शाखा कैलालीको बैठकले पत्रकारहरूको दुर्घटना र स्वास्थ्य उपचार बीमा गर्ने निर्णय गरेको हो। बीमा सुविधा १७३ जना सदस्यलाई मात्रै नभई जिल्ला भित्र क्रियाशील सबै पत्रकारलाई उपलब्ध गराउने अध्यक्ष श्रवण देउवाले बताए।
सिफारिश भएका सक्रिय पत्रकारहरुको दुर्घटना तथा स्वास्थ्य बिमा गरिने अध्यक्ष देउवाले जानकारी दिए। पहिलो बैठकबाट कैलालीबाट प्रकाशित सञ्चार माध्यमको अभिलेख राख्ने निर्णय गरिएको छ। अभिलेखीकरणका लागि सचीव तेजराज भट्टको संयोजकत्वमा गगन अयडी र लोकुसिंह ठकुरी सदस्य रहेको समिति गठन गरिएको छ।
जसका कारण श्रमजिवि पत्रकारको हक हितका लागी काम गर्न पत्रकार महासघंलाई सहज हुनुका साथै आवश्यक परेका बेला कैलालीका पत्रकारको स्थिती र मिडिया हाउसबारे सहजै जानकारी उपलब्ध गराउन सकिने उनको भनाई छ। यस्तै, बैठकबाट पत्रकारको सहजताका लागि नेपाल पत्रकार महासंघ कैलाली शाखामा सञ्चार केन्द्र स्थापना गर्ने निर्णय गरिएको छ।