बैतडीमा २४ वर्षीय महिला बलात्कृतपछि ६ महिनाको गर्भ,करणी भएको भन्दै जाहेरी दर्ता

504 

बैतडी,पुष १८। बैतडीमा २४ वर्षीया महिलाले आफूमाथि जबरजस्ती करणी भएको भन्दै जाहेरी दर्ता गराएकी छन्।

प्रहरीका अनुसार सिगास गाउँपालिकाकी ती महिलालाई गत असार १७ गते राति २६ वर्षीय अर्जनसिंह धामीले जबरजस्ती करणी गरेका थिए। महिलाले इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दिएपछि घटना बाहिर आएको हो।

उनलाई हाल पाटनस्थित महिला सुरक्षित आवास गृहको संरक्षणमा राखिएको छ। जाहेरी दर्तापछि घटनामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए।उनका अनुसार आरोपित धामी भने फरार रहेका छन्। प्रहरीका अनुसार बलात्कारपछि महिलाको ६ महिनाको गर्भ रहेको छ।

प्रतिक्रिया दिनुहोस