876 |
धनगढी, पुस १९। चिसो र शीतलहरका कारणले कैलालीलगायत तराईको जनजीवन प्रभावित भएको छ। केही दिन यता लागेको बाक्लो हुस्सु र कुहिरो नहटेको तथा चिसो हावा चलिरहेकाले जनजीवन प्रभावित भएको हो । तराईमा केही दिनयता राम्रोसँग घाम लागेको छैन। चिसो हावा चलिरहेको छ ।
कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाही, धनुषा, नवलपरासी, महोत्तरी, सप्तरी, सुनसरी, मोरङ र झापामा चिसोका कारण कमै मानिस घर बाहिर निस्किरहेका छन्।विशेषगरी बालबालिका र वृद्धवृद्धाहरू चिसोबाट बढी प्रभावित छन् । बाहिर श्रम गर्ने श्रमिकहरूलाई चिसोले बढी प्रभाव पारेको छ।
विशेषगरी रिक्सा ठेला चलाउने, निर्माणको काम गर्ने मजदुरलाई गाह्रो भइरहेको छ। दुई दिनदेखि निकै चिसो बढेकोले नियमित काम गर्न समेत कठिनाइ भएको छ।शितलहरको असर बढी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको हो। शुक्रबारसम्म तराईका क्षेत्रमा शीतलहर कायम रहने र त्यसपछि फेरि पश्चिमी वायुको सामान्य प्रभाव हुने भएकाले पानी पर्ने सम्भावना छ। तराई मधेसमा न्यानो कपडाको अभावमा चिसोले कठ्याँग्रिएर बर्सेनि गरीब, विपन्न, सीमान्तकृत समुदायका मानिसको मृत्यु हुने गरेको छ।