धनगढीमा सुदूरपश्चिममै सबैभन्दा ठुलो धनराशीको क्विज कन्टेस्ट हुदै

4.97K 

धनगढी,पुष १९। कैलालीमा सुदूरपश्चिमकै सबैभन्दा बढी धनराशीको क्विज कन्टेस्ट प्रतियोगिता हुने भएको छ। धनगढीमा रहेको सनराईज मिडियाले पुसदेखी सुरु हुने गरी प्रतियोगिता आयोजना गर्न लागेको हो।

जेठ महिनासम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार राशी एक लाख रुपैया सहित ट्रफी, प्रमाणपत्र र आकर्षक गिफ्ट ह्याम्परहरु रहने आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ। प्रतियोगितामा कैलाली र कञ्चनपुरका सबै स्थानियतहका विद्यालयहरुले सहभागिता जनाउन पाउने सनराईज मिडियाका अध्यक्ष उत्तम थापाले जानकारी दिए।

उनले प्रतियोगितालाई रियालिटि शो को फम्यार्टमा सञ्चालन गरिने बताए। उनका अनुसार प्रतियोगितामा मेघा, आइरन, सिल्वर, गोल्ड र डाइमन्ड अडिसन हुनेछन भने त्यसपश्चात सेमिफाईनल राउन्ड र अन्त्यमा ग्रान्ड फिनाले आयोजना गरिनेछ। अध्यक्ष थापाले प्रतियोगिताको द्धितिय पुरस्कार नगद रु.५० हजारका साथै ट्रफी, प्रमाणपत्र र आकर्षक गिफ्ट ह्याम्पर,तृतिय पुरस्कार नगद रु.२५ हजारका साथै ट्रफी, प्रमाणपत्र र आकर्षक गिफ्ट ह्याम्पर तथा सान्त्वना पुरस्कार स्वरुप नगद रु.१० हजारका साथै ट्रफी,प्रमाणपत्र र आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था रहेको बताए।

प्रतियोगितामा प्रत्येक विद्यालयका कक्षा ६ देखी १२ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन पाउने उनको भनाई छ। प्रतियोगितामा एउटा समुहमा ३ जना रहने बताईएको छ। जसमा २ जना प्रतिष्पर्धामा सहभागी हुनेछन् र एक जना बैकल्पीक सहभागिका रुपमा रहनेछ। एउटा विद्यालयबाट बढीमा २ वटा सम्म समूहले प्रतियोगितामा सहभागिता जनाउन पाउने अध्यक्ष थापाले बताए। उनले विद्यार्थीहरुलाई विद्यालयबाट हुने पढाईका अलावा बाहिरी ज्ञान सिक्ने वातावरण तयार गर्न पनि प्रतियोगिता आयोजना गर्न लागिएको बताए। प्रतियोगितामा करिब २८ लाख खर्च हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस