303 |
कैलाली,पुस २५। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सवारी साधनहरुमा रिफ्लेक्टिभ स्टिकर टाँस्न थालेको छ। चिसो बढेसँगै हुस्सु र कुहिरोका कारण सवारी दुर्घटना हुन सक्ने जोखिमलाई ख्याल गर्दै ट्राफिक प्रहरीले सवारी साधनमा ‘स्टिकर’ टाँस्न थालेको हो।
कम भिजिबिलिटीमा लाइट स्पष्ट नदेखिने भएकाले सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्लेट नम्बर नभएका र स्पष्ट नदेखिने सवारी साधनमा रातिको समयमा दुर्घटना बढी हुन सक्ने भएकाले त्यस्ता सवारी साधनहरुमा पनी रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको छ।
यसबाट राति हुन सक्ने दुर्घटनालाई न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा छ।जसअन्तर्गत ट्याक्टर, जिप, डल्लफ, अटोरिक्सा लगायतका सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको हो। सडक सुरक्षा कार्यक्रम अन्तरगत अस्थायी ट्राफिक प्रहरी पोस्ट सत्ती र हसुलियाको आयोजनामा रिफ्लेक्टिभ स्टिकर टाँसिएको ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।