‘प्रहरी हुँ’ भन्दै पैसा असुलेको आरोपमा बैतडीकी एक युवती पक्राउ

642 

बैतडी । ‘प्रहरी हुँ’ भन्दै पैसा असुलेको आरोपमा बैतडीकी एक युवती पक्राउ परेकी छिन् । जिल्लाको पुर्चौडी नगरपालिका घर भएकी २४ वर्षीया अमिलाकुमारी साउद पक्राउ परेकी हुन् ।

उनीविरुद्ध एक जनाले १ लाख ५० हजार ठगेको भन्दै जाहेरी दिएका छन् । उनले राष्ट्रिय अनुसन्धानको जवानमा भर्ना गरिदिन्छु भनेर रकम लिएकी बताइएको छ ।

काठमाडौँ महानगरपालिका–१४ नैकाप बस्ने उनलाई प्रहरी वृत्त थानकोटले पक्राउ गरेको हो । साउदको डेराबाट प्रहरीको युनिफर्म बरामद गरिएको प्रहरी वृत्त थानकोटका डीएसपी नारायण अधिकारीले बताए ।

आफू प्रहरीको असईबाट सईमा प्रमोसन भएको बताउने आरोपीले लोभमा पारेर ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस