राष्ट्रपति रनिङ शिल्डका पदक विजेतालाई सम्मान बाजुरा,,

498 

फागुन १ बाजुरा ,, बाजुरा खप्तड छेडेदहले राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ । कोल्टीमा सम्पन्न १४ औं राष्ट्रपति रनिङ शिल्डमा पालिकाका तर्फबाट सहभागि मध्येबाट पदक विजेता खेलाडीका साथै प्रशिक्षकलाई पालिकाले सम्मान गरेको हो ।
सोमबार एक औपचारिक कार्यक्रमका बीच खेलाडी र प्रशिक्षकलाई पालिका अध्यक्ष दीलबहादुर रावत, उपाध्यक्ष बिशुदेवी नाथ, प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्याय सहीतले सम्मान र बधाई ज्ञापन गरेको जनाएको छ ।
खप्तड छेडेदहले राष्ट्रपति रनिङ शिल्डमा ८ स्वर्ण, १४ रजत र ४ कास्य गरि २६ पदक हात पारेको थियो । भने सहभागि नौ वटा पालिका मध्ये तृतीय स्थान ल्याउन सफल भएको थियो । साथै पालिकाले अनुशासन विधामा समेत उपाधी जितेको थियो ।
पालिकाले तीन वटा विधामा स्वर्ण जित्न सफल सिर्जना कुमारी बुढाथोकीलाई उत्कृष्ट खेलाडी सम्मान स्वरुप नगर ४ हजार सहीत सम्मान गरेको छ । पालिकाले मार्सलार्ट तर्फ मुख्य प्रशिक्षक नरेन्द्र ओली र एथ्लेष्टीक तर्फको मुख्य प्रशिक्षक रामबहादुर रावत, दाताराम जैशी, लोग बुढा लगायतका शिक्षकहरुलाई पालिकाले सम्मान गरेको हो ।
यस्तै एकल विधामा गोल्ड पाउनेलाई ३ हजार नगद, रजत पाउनेलाई २ हजार र काश्य पाउनेलाई १ हजार नगद सहीत सम्मान गरेको हो । यस्तै सामुहीक विधामा स्वर्ण पाउनेलाई प्रतिव्यक्ति १ हजार ५ सय र रजत काश्य पाउनेलाई एक हजार नगद सहीत सम्मान गरिएको छ ।
खेलाडीको हौसलाका लागि पालिकामै बोलाएर सम्मान गरिएको जनाएको छ । गाउँपालिकाबाट यो वर्ष क्षेत्रीय खेलका लागि ११ जना खेलाडी छनोटमा परेका छन् । यस्तै सोमबार नै प्रमुख प्रशासकीय अधिकृतको रुपमा नन्दकृष्ण पाध्यायले पहिलो दिन हाजिर लगाएका छन्
। संघ तर्फको शाखा अधिकृतमा नाम निकाले पछि गृह पालिकामा प्रशासकीय अधिकृत भएर आएका पाध्यायलाई पालिका अध्यक्ष दीलबहादुर रावत, उपाध्यक्ष बिशुदेवी नाथ, कार्यपालिका सदस्य सहीत कर्मचारीले स्वागत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस