231 |
साउन २८ धनगढी। संघियतामा शान्ति, न्याय र समावेशिकरण विषयक सुदुरपश्चिम प्रदेश स्तरीय सम्मेलन गरिएको छ। देशका बिभिन्न प्रदेशहरु अन्तरगत सोमबार कैलालीको धनगढीमा स्थानिय नागरिक तथा बिभिन्न सरोकारबालाबिच संघियतामा शान्ति, न्याय र समावेशिकरण विषयक प्रदेश स्तरीय सम्मेलन गरिएको हो।
नेपालमा राजनितीक परिवर्तन, सामाजिक परिवर्तन, जनयुद्ध हुँदै बिस्तृत शान्ती सम्झौतामा तथा आन्दोलनबाट राजनितीक सहकार्य र सहअस्तीत्वमा आइपुग्दा नागरिक स्तरमा हुनुपर्ने छलफल नभएको पाइएको सहभागीको भनाई छ। कार्यक्रममा बिभिन्न राजनितीक दलका प्रतिनिधी, बिषय बिज्ञ तथा सरोकारबाला निकायबिच सो सम्बन्धमा अन्तर संवाद समेत गरिएको थियो ।
नेपालको सन्दर्भमा समाबेशिकरणको परिभाषालाई राजनितीक चाँसोको बिषय प्राथमिकता दिएपनी यस्लाई बिस्तृत रुपमा बुझ्न जरुरी रहेको बताइएको छ । समाबेशिकरणमा सामाजिक,आर्थिक,सांस्कृतीक लगायतका समाबेशिकणलाई कानुन निर्माण तथा निती योजना बनाउदा राम्रो हुने सुझाब दिएको छ । यस्तै सांस्कृतीक चेतनाको बृद्र्धि र बिकासका लागी नागरिकतहबाट दवाब सिर्जना गर्ने, सिमान्तकृत बर्गको बिकासका लागी आवश्यक रहेको बताइएको छ ।
संविधानको कार्यान्वयन, कानुन बनाउने क्रममा बिभिन्न बर्ग समुदायको संलग्नता र कानुन कार्यान्वयन गर्दा गुणस्तरी कानुन बन्ने सहभागीको भनाई छ । देशमा संविधान जारी भएपछि आएको संघियतामा गरिएका अभ्यास र बिभिन्न समुदायहरुको आवाज अझै नसमेटिएको र समटिनुपर्ने बिषयलाई समाबेश र कार्यान्वयन गरिनुपर्ने बताइएको छ । तिन तहको सरकार रहेकोे अवस्थामा यस्लाई कायान्वयनमा लैजानुपर्ने सुझाब दिइएको छ ।