312 |
बैतडी,पुस २५। बैतडीका एक युवक भारतमा मृत फेला परेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका– १ घर भएका २६ वर्षिय टेकेन्द्र धामीको भारतमा मृत्यु भएको हो।
रोजगारीको सिलसिलामा ६ महिनाअघि मात्रै धामी कतार पुगेका थिए। पारिवारीक स्रोतका अनुसार कतार पुगेका धामीमा मानसिक समस्या देखिदा उनको कतारमै उपचार गराएर केही निको भएपछि घर पठाइएको थियो। कम्पनीले कतारबाट दिल्ली हुँदै काठमाण्डौंको टिकट काटेको भएपनि उनी दिल्लीबाट जहाज नचढेर सडकको बाटो घर फर्किरहेका थिए।
घर फर्कने क्रममा भारतको मुरादावादमा उनी मृत फेला परेको उनका काका शेरबहादुर धामीले बताएका छन। भारतीय प्रहरीको सहयोगमा खोजी गर्दा धामी बुधबार बिहान मृत फेला परेका हुन्। मृतक धामीको घरमा श्रीमति र एक छोरी रहेकी छन्।