जन्मदिनको अवसरमा भट्टराईद्धारा दृष्टि फाउन्डेसनका अशक्तलाई भोजन

423 

साउन २८ धनगढी। अध्ययनको शिलशिलामा जापानको ओसाकामा रहेका धनगढी वडा नम्बर ७ का पुस्कर राज भट्टराईले जन्मदिनको अवसरमा दृष्टि फाउन्डेसनलाई सहयोग गर्नुभएको छ । 

धनगढी उपमहानगरपालिका वडा नम्बर १३ कैलालीगाउँ स्थित फाउन्डेसनमा रहेका अशक्त तथा बेसहारालाई सोमबार भोजन गराएर भट्टराईले जन्मदिन मनाउनु भएको हो।अन्य फजुल खर्च गर्नुभन्दा फाउन्डेसनमा रहेका अशक्त तथा बेसहारालाई सहयोग गर्ने मनसायले भोजन गराउन पाउँदा खुसी महसुस भएको बताउनुभयो।

समाजसेवी र दानवीरले दिएको मुठीदानका भरमा दृष्टि फाउन्डेसन चलेको भन्ने बारेमा जानकारी पाएपछि आफुले पनि सक्दो सहयोग गरेको उहाँको भनाई छ । साथै जन्मदिनको अवसरमा दृष्टि फाउन्डेसन नेपाल धनगढीकी अध्यक्ष कल्पना भट्टलाई अशक्त तथा  बेसहारालाई भोजन गराइदिने अवसर जुटाइदिनु भएकोमा र बिभिन्न माध्यमबाट शुभकामना दिनुहुने सम्पुर्णमा धन्यवाद दिनुभएको छ।

यता दृष्टि फाउन्डेसन नेपाल धनगढीकी अध्यक्ष कल्पना भट्टले भौगोलिक रुपमा टाढैबाट भएपनी सेवा वा धर्म मानेर फाउन्डेसनका परिवारलाई भोजन गराउनु भएकोमा भट्टराईलाई धन्यवाद ब्यक्त गर्नुभयो । २०७३ असारदेखि देखि सञ्चालनमा आएको दृष्टि फाउन्डेसनले अहिले सम्म हजारौ सहाराविहीन सडक मानवको उद्धारगरी आश्रय दिएको छ ।

घरबाट निकालिएका,मानसिक रोगी,असहाय र बेसहारा ५० महिला र १५ जना बालबालिका सहित ६५ जनालाई आश्रय दिइरहेको फाउन्डेसने एक हजार बढीलाई घर परिवारसगं पुन मिलन गराइसकेको छ । २५ जनाको आफै अन्तिम संस्कार समेत गरिसकेको फाउण्डेशनले १२ जना बालबालिकाहरुलाई स्कुल पढाइरहेको छ। कतिपयले आश्रममा जन्मदिन, वैवाहिक वार्षिकोत्सव, आफ्न्तहरूका पुण्यतिथिमा दान गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस