426 |
साउन २९ धनगढी। कैलालीमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१० खमौराका बालक अखिल मालीको मृत्यु भएको हो।
सर्पले डस्दा घाइते भएका अखिलको सोमवार नोभा हस्पिटल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। उनी खप्तड विद्या निकेतमा यूकेजीमा अध्ययनरत थिए।उनको मृत्यु भएको शोकमा आज खप्तड विद्या निकेतनले शोक विदा दिएको छ।