बैतडीमा चट्याङ लागेर चार जना घाइते

501 

बैतडी,पुष १४। बैतडीमा चट्याङ लागेर चार जना घाइते भएका छन्। शिवनाथ गाउँपालिका–२ पोखरामा चट्याङ लागेर चार जना घाइते भएका हुन्।

शनिबार स्थानीय गोपाल दमाईको घरमा चट्याङ पर्दा उनकी श्रीमति ३५ बर्षीया पवानी दमाइ, बुहारी २० बर्षीया कविता दमाई, १३ बर्षीय छोरा लोक दमाई र ११ बर्षीया छोरी लक्ष्मी दमाई घाइते भएका हुन्।

घाइते चारै जनाको पाटनस्थित डिएस पोलिक्लिनिकमा उपचारपछि चारै जना घर फर्किसकेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।यस्तै चट्याङ लागेर ६ पशुचौपाया मरेका छन्।गोपाल दमाईको एक गोरु पनि मरेको उनले बताए । 

यस्तै शनिवार दिउँसो परेको चट्याङले सुर्नया गाउँपालिका–६ स्थित धुलिधार गाउँमा ५ ओटा पशुचौपाया मरेका छन्। बिजुलीको तारमा परेको चट्याङ लागेर स्थानीय हरिदत्त अवस्थीको एक बाख्रो,भागरथी अवस्थीको एक बाख्रो,पदमराज अवस्थीको एक बाच्छो,कृष्णदत्त अवस्थीको एक गोरु र दामोदर अवस्थीको एक राँगो मरेको बताइएको छ। चट्याङले अधिकांश स्थानीयहरुको घरको वाइरिङमा क्षति पुर्याउनुका साथै विद्युत मिटरमा क्षति पुगेको स्थानीय महेश चन्दले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस