354 |
काठमाडौं,पुस १७।नेकपा एमालेका पूर्वउपाध्यक्ष डा.भीम रावलले पार्टी कारबाहीमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो समयदेखि असन्तुष्ट नेता रावलले उनै ओलीमाथि आफ्ना रोष प्रकट गरेका छन्।
पत्रकार सम्मेलनमार्फत उनले ओलीमाथि प्रश्नैप्रश्न तेर्स्याएका छन् । पार्टीका महाधिवेशनदेखि सरकार सञ्चालनसम्ममा ओलीले गरेका क्रियाकलापको असन्तुष्टि जाहेर गर्दै उनले प्रश्न गरेका हुन्।
नेपाली जनताको स्वाधीनताको भावनमा किन प्रहार गरेको?, स्वतन्त्र मधेशको धारणा स्वीकार गनर्जु स्वाधीन र अखण्ड नेपालको प्रधानमन्त्रीलाई सुहाउने काम हो ?, राजनीतिलाई अस्थिर बनाउने काममा किन लागेको ? लगायतका कयौं प्रश्न उनले गरेका छन्।आफ्नो पार्टी सदस्यता खोसिएको गुनासो गरेका रावलले अब वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा पनि गरेका छन्। पूर्णपाठ क्लीक गरेर हेर्नुहोस् https://drive.google.com/file/d/1yn5k9BYP0zB3BsirQxRhKxBRl8QElw33/view