कैलालीको गोदावरीबाट लागूऔषधसहित ३ जना पक्राउ

900 

धनगढी,पुस १४। कैलालीको गोदावरीबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

कैलालीको गोदावरी नगरपालिका–२ बदनाम गल्लीबाट सोही ठाउँका २१ वर्षीय अमित शाकी र २५ वर्षीय बिरेन्द्र साउँदलाई ३६ पिस स्पास्मो करिवन नामक लागूऔषध ट्याब्लेटसहित उनीहरु पक्राउ परेका हुन्।इलाका प्रहरी कार्यालय कार्यालय मालाखेती,कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार नियन्त्रणमा लिएको हो।

यसअघि शुक्रवार राती गोदावरी नगरपालिका-५ गेटाबाट स्थानीय २३ को कमलेश बम लागू औषध सहित पक्राउ परेका थिए । उनको साथबाट ७२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय मालाखेती र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।  पक्राउ परेका तिनै जनामाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस