नागरिक समाजद्धारा गेटामा मेडिकल विश्वविद्यालय शीघ्र सुचारु गर्न माग

1.91K 

कैलाली,पुस १५। नागरिक समाजले कैलालीको गेटामा घोषणा गरिएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शीघ्र सुचारु गर्न माग गरेको छ ।सोमबार विश्वविद्यालयको प्राङ्गणमा दबाब तथा ध्यानाकर्षण कार्यक्रम गर्दै समाजले मेडिकल विश्वविद्यालय शीघ्र सुचारु गर्न माग गरेको हो।

नागरिक समाजले करिब २ घण्टा विश्वविद्यालयको प्राङ्गणमा उभिएर मेडिकल विश्वविद्यालय विधेयक द्रुत गतिमा पारित गर, मेडिकल कक्षा शीघ्र सञ्चालन गर लेखिएको ब्यानर टाँसेर सरकारको ध्यानाकर्षण गरेको थियो।यसबिच अनौपचारिक रूपमा सञ्चालित कार्यक्रममा तत्कालीन गेटा मेडिकल कलेजका पूर्वाधार विकास समितिकाका पूर्व निर्देशक हेमराज पुजारा,नागरिक सामाजका,राजेन्द्र वीर चन्द,डिल्ली राज जोशी,तीर्थ राज ओझा (गड्सेरा माइला) र प्रेम राज भण्डारीले आफ्ना धारणा राखेका थिए।

करिव तीन दशक अघि सुदूरपश्चिमका जनताले गेटा मेडिकलको सपना देखेर अवाज उठाए।यहाँका जनताले माग गरेको एक दशक पछि विं.सं.२०६६ मा सरकारले गेटा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेर बजेट बिनियोजन गर्यो।विभिन्न अवरोध र लापरवाहीका कारण त्यसको दुई दशक बितिसक्दा मात्र भौतिक संरचना निर्माण लगायतको करिव ९० प्रतिशत काम सम्पन्न हुन सक्यो।

शुरु देखि नै सुस्त गतिमा अघि बढेको प्रस्तावित गेटा मेडिकल कुन प्रारुपमा संचालन गर्ने भनेर सरकारले शुरुमा ऐन बनाउन चासो नै दिएन।गेटा मेडिकल कलेज संचालन कुन प्रारुपमा गर्ने भनेर सरकारले ऐन नबनाउदाँ उपकरण,जनशक्ती र मेडिकल कलेज भित्र आवश्यक अन्य सेटअपको काम हुन सकेका छैनन्। 

प्रतिक्रिया दिनुहोस