धनगढीबाट लागूऔषध मुद्दामा फरार रहेकी एक युवती पक्राउ

861 

धनगढी,पुस १६। कैलालीको धनगढीबाट फरार प्रतिवादी युवती पक्राउ परेकी छिन । जिल्ला अदालत कैलालीको फैसलाले लागू औषध मुद्दामा ८ महिना १८ दिन कैद सजाय तोकिएकी युवती पक्राउ परेकी हुन ।

पक्राउ पर्नेमा डोटीको सायल गाउँपालिका – २ की २२ वर्षीय अनुषा उपाध्याय रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सोमबार उनलाई धनगढी उपमहानगरपालिका – १ पशुपती टोलबाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस