465 |
बैतडी,पुस १६। बैतडीमा भूकम्प गएको छ। आज बिहान ७ बजेर ५४ मिनेट जाँदा ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। थप विवरण संकलन हुन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ।यसअघि आइतबार बिहान कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ५ः०९ बजे गएको हो। त्यसअघि शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको थियो। केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा नौ वटा भूकम्प गएका छन् ।