सुदूरपश्चिमको ३ जिल्लाबाट १९ लाख बढीको अवैध सामान बरामद

324 

धनगढी,पुस १७। सुदूरपश्चिमको ३ जिल्लाबाट १९ लाख बढीको अवैध सामान बरामद गरिएको छ। मंगलबार बैतडी, कैलाली र कञ्चनपुरबाट प्रहरीले १६ लाख ३९ हजार ५ सय बराबरको अवैध सामान बरामद गरेको हो।

बैतडीको सुर्नया गाउँपालिका-६ सतबाज शंकरपुर सडकखण्ड अन्तर्गत रिगा स्थित से १ ज २४१ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा प्रहरीले १६ लाख १६ हजार बराबरको दिलखुस नामक बिडी १६ पेटी बरामद गरेको हो।प्रहरीले उक्त जिप सहित चालक सुर्नया गाउँपालिका-२ का २१ वर्षीय हरिस बिष्टलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

यस्तै धनगढी उपमहानगरपालिका-१५ कनरी र टीकापुर नगरपालिका-९ कालीमाटी स्थित सडक खण्डबाट अबैंध रूपमा भारतबाट भन्सार छली ल्याएका ६१ हजार  बराबरको कार्पेट,सोफा,तातो कपडा लगायतका सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

 मंगलबार नै भीमदत्त नगरपालिका-११ भुजेला र बेलौरी नगरपालिका-६ बैशाखाबाट २ लाख ६२ हजार ५ सय बराबरको चिनी, मिस्री, जुत्ता, चप्पल, कपडा, साइकलका सामान, माछा, किराना, हाडबेयर लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस